मियागी परफेक्चरका व्यावसायिक विद्यालयहरू र विशेष संस्थाहरूको संगठन
विदेशी विद्यार्थीहरूका लागि एउटा वेबसाइट

I LOVE JAPAN! I LOVE MIYAGI!

About Miyagi Special Institutes Association Miyagi Special Institutes Association Official Website

TOP > Professional Interview

A review of important points for international students in Japan and Miyagi We asked a specialist about f inding employment.

Foreign study

जापानमा आप्रवास नहुँदासम्म विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ

जापानमा अध्ययन गर्ने निर्णय गरिसकेपछि, जापानमा आप्रवास नहुँदासम्म विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले, स्कूलको छनोट गर्नुपर्ने र आवेदन लेख्नुपर्ने हुन्छ । भर्ना जाँचको सफलता पछि आवेदकले "स्कूल भर्ना अनुमति" प्राप्त गर्नुहुनेछ । त्यसपछि योग्यताको प्रमाणपत्रको लागि स्थानीय अध्यागमन कार्यालयमा आवेदन दिनुपर्छ । प्रमाणपत्र प्राप्त गरिसकेपछि, आवेदकले आफ्नो देशको जापानी राजदुतावासमा भिसाको लागि आवेदन दिन सक्नुहुनेछ । जापानमा आगमन पछि, आवेदकले हवाईअड्डामा अध्यागमन शाखा कार्यालयमा प्रवेशको लागि अनुमति लिनु पर्नेछ र त्यसपछि बल्ल तपाईं जापानमा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा गतिविधि सुरू गर्न सक्नुहुनेछ ।

जापानी चलन तथा नियमहरूको अवलोकन र जापानमा जीवनको तथा संस्कृतिको मज्जा लिने

जापानमा बसेको समयलाई रमाइलो अनुभवमा बदल्न जापानी चलनहरूसँग परिचित हुन निकै आवश्यक छ । निम्न दिईएका उदाहरणहरू जापानका सामान्य चलनहरू हुन् ।
・सार्वजनिक सवारीको प्रयोग गर्दा, रेल यात्रा वा बसको यात्रामा मोबाइलमा कुरा नगर्नुहोस् ।
・बस वा रेलमा चढ्दा लाइनमा बस्नुहोस् ।
・सार्वजनिक स्थानमा ठूलो स्वरले कुरा नगर्नुहोस् ।
・फोहोरलाई तोकिएको ठाउँमा लगेर फाल्नुहोस् । फोहोर नगर्नुहोस् ।
・तोकिएको ठाउँ बाहेक धुम्रपान नगर्नुहोस् । र अरू धेरै ।

तपाईंको लागि आवश्यक पर्ने अरू कुन चलन र नियमहरू छन्, त्यसलाई तपाईंले स्कूलमा प्रशिक्षक तथा साथीहरूसँग सक्रिय रूपमा सूचना प्राप्त गरेर अनुभव गर्न सक्नुहुनेछ, जसले जापानका जनतालाई बुझ्न तपाईंलाई मद्दत गर्नेछ ।

रोजगारी प्राप्त गरेपछि आवासको अवस्थामा परिवर्तन

जापानमा बसोबास गर्ने सम्पूर्ण विदेशीहरूको लागि, बसोबासको दौरान उनीहरूले गर्न पाउने अनुमति दिईएको क्रियाकलाप तथा प्रक्रियाहरूको विवरण अध्यागमन नियन्त्रण ऐन तथा शरणार्थी पहिचान ऐन अनुसार रहेको छ । उन्नत व्यावसायिक स्कूलबाट विशेषज्ञ कोर्स पूरा गरेपछि र विशेषज्ञ उपाधि प्राप्त गरेपछि रोजगारी खोज्न अन्तर्राष्ट्रिय विधार्थीहरूले रोजगारी गर्न मिल्ने किसिमको आफ्नो आवासको अवस्था परिवर्तन गर्नुपर्नेछ । तथापी, आवासको अवस्थाको परिवर्तन तब मात्र हुनेछ जब परिवर्तित आवासको अवस्थासँग रोजगारको मेल हुन्छ, जस्तै मानविकी/अन्तर्राष्ट्रिय सेवा वा तकनिकी, र यदि व्यावसायिक स्कूलमा अध्ययन गरेको विषय र रोजगारदाताले प्रदान गर्ने रोजगारसँग सम्बन्ध छ भनि ठम्याईयो भने पनि । रोजगार गर्ने सम्बन्धमा तलको खण्डमा, श्री Hiroko Owada सँगको अन्तरवार्ता पनि रहेको छ, जो जापानमा रोजगार खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्थितिको बारेमा जानकार हुनुहुन्छ ।

Taking up employment

विश्वब्यापी रणनीतिहरूको रफ्तार बीच अन्तर्राष्ट्रिय विद्यार्थीहरूको क्षमताको खोज

कम्पनीहरूले विश्वव्यापीकरणमा अगाडि बढ्दै गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोजगारीमा राख्ने कार्य हालै ध्यानमा आएको छ तर परिस्थिति कठिन नै रहेको छ । सन् 2013 मा 20,000 भन्दा केही बढी काम खोज्नेहरूको तुलनामा 10,969 लाई काममा राखिएकोले करिब आधाले रोजगार पाएका थिए । यसबाहेक, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ठूला कम्पनीहरूलाई प्राथमिकतामा राखेतापनि वास्तवमा 47% अन्तर्राष्ट्रिय विद्यार्थीहरूले 50 भन्दा कम कर्मचारीहरू भएको कम्पनीहरूमा र 76% ले 300 भन्दा कम कर्मचारीहरू भएको साना तथा मझौला कम्पनीहरूमा रोजगारी गरेका थिए ।यो संख्याहरूले साना तथा मझौला कम्पनीहरू, जो जापानको अर्थतन्त्रको सहायक अङ्ग हो, ले साधारण श्रमलाई नखोजेर विश्वव्यापी रणनीति कार्यान्वयनलाई ध्यानमा राखी लामो समयको लागि उच्च-योग्यता प्राप्त र प्रेरित मानव संशाधनलाई प्राप्त गर्नमा रूचि राख्दछन् । यो प्रवत्ति बढ्दो गतिमा वृद्धि भइरहेको छ । जापानी कम्पनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट आशा गरिएका कुराहरू “जापानीपन” र “अन्तरसांस्कृतिक अनुकूलता” हुन् । “जापानीपन” भनेको (1) टेलिफोन, इमेल र व्यावसायिक पत्राचारद्वारा गरिने सम्वादको लागि जापानी भाषाको दक्षता जोकि सामान्य कुराकानी भन्दा पृथक हुन्छ । (2) जापानी (कर्पोरेट) संस्कृतिलाई कदर गर्ने क्षमता । (3) आपसमा मिलेर गर्ने कार्य (सामूहिक काम) लाई महत्त्व दिएर सहयोगको लागि तयारीपन । यी इच्छाइएको गुणहरूका साथै मुख्य कुरा मूल भाषा रहेको अंग्रेजी भाषाको भाषा प्रविणतामा, र एउटा तेस्रो भाषामा केन्द्रित छ जो जापानी कर्मचारीहरू, आकांक्षा, र सफलता र पुरस्कारको अभिलाषा रहने उद्देश्यको स्पष्टता भन्दा पृथक होस् ।

रोजगार खोज्ने कार्य रोजगारीको तालिका बुझेर सुरू हुन्छ

विश्वभरिमा सायद जापान मात्र त्यस्तो मुलुक हो जहाँ विद्यार्थीहरूले विश्वविद्यालय वा व्यवसायिक विद्यालयमा अध्ययन गर्दागर्दै नै कामको खोज सुरू गर्छन् । यो अनुपम तालिका जापानमा काम खोज्नेहरूले ध्यानमा राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो अन्यथा कामको आशा गरिरहेकाहरूले थाहा पाउनु भन्दा पहिला नै दर्ता अवधि समाप्त हुनेछ । गर्नुपर्ने कार्यहरूको क्रमको रूपमा, सबैभन्दा पहिला रोजगारी जानकारी साइटमा गएर दर्ता गरी कम्पनीहरूको भर्ती जानकारी सत्रहरूको जानकारी प्राप्त गर्नुपदर्छ । भावी रोजगारदाताहरूको खोजी गर्दागर्दै आवेदकहरूले आफूलाई रिजुमी लेखन तथा स्व-विश्लेषणसँग परिचित गराउनु र भविष्यका लागि आफ्ना आकांक्षाहरू तय गर्नु जरूरी हुन्छ जुन अन्तरवार्ता तथा नियुक्ति परीक्षणहरूमा उपयोगी साबित हुनेछन् । लिखित परीक्षाहरूमा सबै आवेदकहरूको लागि समान प्रश्नहरू हुने भएकोले काम खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जापानी भाषाको आ-आफ्नो कौशललाई सुधार गर्नु जरूरी हुनेछ । "इन्टरनेशनल स्टुडेन्ट्स इम्प्लोइमेन्ट सपोर्ट प्रोजेक्ट" (अर्थ, व्यापार र उद्योग मन्त्रालय) को लागि तोकोहु क्षेत्रीय परियोजना लिडरको रूपमा मेरो अनुभव, जोकि जापानी कम्पनीहरू र इंटर्नशिपहरूमा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरू इत्यादि सँग मेल खान्छ, अनुसार तोकोहु क्षेत्रमा धेरै साना र मझौला कम्पनीहरू छन् जसले प्रविधि र सेवाहरूमा श्रेष्ठ कार्यहरू गर्छन् र जहाँ व्यापारका मालिकहरू तथा कर्मचारीहरू मिलेर काम गर्छन् । मेरो विचारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो सोध कम्पनीको आकारलाई मात्रै ध्यानमा नराखेर कर्पोरेट संस्कृतिलाइ ध्यानमा राखेर गर्नु राम्रो हुन्छ । रोजगार खोज्नु आफूलाई पुनर्मूल्यांकन गर्ने र विविधतापूर्ण नयाँ सीपहरूको आर्जन गर्ने राम्रो अवसर हो । यदि कुनै समय आफूले भनेजस्तो नभएमा, कृपया निरन्तरता दिईराख्नुहोस् र हिम्मत नहार्नुहोस् । तपाईंको सपनाहरू पूरा गर्नको लागि सहयोग गर्न हामी यहीं छौँ ।

留学から就職までの流れ

留学から就職までの流れのイメージ