मियागी परफेक्चरका व्यावसायिक विद्यालयहरू र विशेष संस्थाहरूको संगठन
विदेशी विद्यार्थीहरूका लागि एउटा वेबसाइट

I LOVE JAPAN! I LOVE MIYAGI!

About Miyagi Special Institutes Association Miyagi Special Institutes Association Official Website

TOP > करियर तथा योग्यताहरू सम्बन्धी जानकारी

About Qualifications

उन्नत व्यवसायिक स्कूलहरूबाट उपलब्ध हुने योग्यताहरू तपाईंको भविष्यको सपनाहरूसँग तपाईंलाई सोझै जोड्ने महत्त्वपूर्ण सुत्र हो । आफूलाई आवश्यकता पर्ने योग्यताहरूको पहिचान गर्न जरूरी र फाइदाजनक छ किनभने यसले नै तपाईंलाई सही स्कूलको छनोट गर्न मद्दत गर्नेछ ।

Business/Accounting/Legal

पाठ्यक्रम दौरान तपाईंले आफ्नो क्षमता प्रदर्शन गर्ने धेरै अवसरहरू पाउनुहुनेछ र विभिन्न कम्पनी र संगठनहरूलाई सहयोग प्रदान गर्दै आफ्नो दक्षता साबित गर्न सक्नुहुनेछ। तपाईंले भविष्यमा आफ्नो करियरलाई अगाडि बढाउनको लागि उपयोगी ज्ञान र सीप पनि हासिल गर्नुहुनेछ।

• The Official Business Skill Test in Bookkeeping Grade 1-3/ The Japan Association of Accounting Education’s License Examination on Book-keeping (Advanced - Grade 3) • The Business Skill Test in Japanese Document Processing • The Business Skill Test • Retail Consultant

Civil Servant

यो एक यस्तो रोजगार हो जुन तपाईंलाई लाभप्रद र सन्तोषप्रद दुवै लाग्नेछ, किनभने तपाईं जन कल्याणको लागि काम गर्नुहुनेछ। निजामती कर्मचारीहरू प्रति सर्वसाधारणको उच्च विश्वस्तता र आर्थिक रूपमा अनिश्चित समयमा समेत सार्वजनिक क्षेत्रका रोजगारहरू तुलनात्मक रूपमा स्थिर हुनु पनि यसका आकर्षक पक्षहरू हुन्।

• Administration: Civil service administration and tax services (national public employees); administration in local authorities, educational institutes and police(local public employee) • Engineering: Electrical, mechanical, civil engineering, chemical, building, agricultural and other fields • Public Safety: Police, fire department, self-defence force, etc.

Medical

राष्ट्रिय रूपमा मान्यताप्राप्त योग्यताहरू भएका उच्च निपुणता हासिल गरेका व्यक्तिहरूले अस्पतालहरू र साथमा निजी चिकित्सा कम्पनीहरूको ध्यान आकर्षित गर्दछन्।

• Physical therapists • Occupational therapists • Medical Secretarial Proficiency Test • Dental hygienists • Dental technicians • Dental assistants • Orthoptists • Judo healing practitioners • Masseurs • Acupuncturists • Moxibustionists

Welfare

हामी रहने समाजको उमेर दिन प्रतिदिन वृद्धि भइरहेको छ, र कल्याणकारी खूबीहरू भएका मानिसहरूको लागि हालको उच्च माग पनि वृद्धि हुँदै जानेछ। कल्याणकारी क्षेत्र अन्तर्गत धेरै विशेषज्ञ क्षेत्रहरू छन्, प्रत्येकको लागि निश्चित खूबीहरू आवश्यक पर्छ, र प्रत्येक कार्यकर्ताले आफ्नो भूमिका प्रति उचित रूपमा गर्व महसुस गर्न सक्छन्।

• Care workers • Social welfare officers • Home care worker Grade 1 - 3 • Recreation Instructors

Hotel Business/Tourism/Languages

होटल व्यवसायमा, समारोह व्यवस्थापन गर्ने खूबीहरू भएका मानिसहरूको माग उच्च छ र साथमा राम्रो ग्राहक सेवा खूबी भएका कर्मचारीहरूको माग पनि उत्तिकै बढी छ। पर्यटन व्यवसायमा, योजना बनाउने क्षमता एकदमै महत्त्वपूर्ण हुन्छ। विभिन्न भाषाहरूमा पोख्त रहेका उम्मेदवारहरूले केवल पर्यटन व्यवसायमा मात्र नभएर शिक्षा र अन्य धेरै क्षेत्रहरूमा पनि प्रचुर मात्रामा अवसरहरू पाउनेछन्।

• Hotelier Proficiency Test • National Trade Skill Test for the Restaurant Service • Certified Travel Supervisors/Certified Domestic Travel Service Supervisors • Travel Geography Test • TOEIC/TOEFL • Tourism English Proficiency Test • The AXESS Proficiency Examination • IATA Diploma • Assistant Bridal Coordinators

Childcare/Sports/Physical Training

काम गर्ने महिलाहरूको सङ्ख्या वृद्धि भइरहेको हुनाले बच्चाको रेखदेख गर्ने खूबी भएका बाल स्याहार कामदारहरूको माग बढ्दो छ। स्वस्थ जीवनशैली कायम राख्नुको महत्त्वको बारेमा जनचेतनाको कारणले गर्दा खेलकूद र शारीरिक प्रशिक्षणको ज्ञान भएका मानिसहरूको लागि बढ्दो अवसरहरू सिर्जना भइरहेका छन्।

• Childminders • Kindergarten Teacher's License Type 2 • Child Welfare Instructor Grade 2 • Recreation Instructors • Athletic Trainers • Health Fitness Instructors • Health Fitness Instructors

Computing/Electrical and Electronics

कम्प्युटरहरू अब हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भाग बनेका छन्, र विश्वव्यापी कम्प्युटर नेटवर्क सञ्चालन गर्नमा प्रणाली तथा सूचना इन्जिनियरहरूले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। विद्युत र इलेक्ट्रोनिक्स क्षेत्रमा - जापानको सबैभन्दा महत्त्वपूर्ण उद्योगहरू मध्ये एक - विशेषज्ञता हासिल गरेका इन्जिनियरहरूको माग तीव्र रूपमा बढिरहेको छ।

• Software Design & Development Engineer Examination • Fundamental Information Technology Engineer Examination • Systems Administrator Examination • Information Processing Application Proficiency Test • Microcomputer Application Systems Design Engineer Examination • CAD engineer examination by CSAJ • Computer Graphic Engineers • Multimedia License Examination • Chief Telecommunications Engineers • Network Systems Engineer Examination

Architecture/Civil Engineering

तपाईंले भवन र पुलहरू लगायतका एकदमै महत्त्वपूर्ण संरचनाहरू निर्माण गरेर समाजलाई टेवा पुर्‍याउनुहुनेछ। जापानसँग भएको सबैभन्दा अत्याधुनिक निर्माण प्रविधिको साथमा काम गर्नु यो विषय अध्ययन गरिरहेका, वा यो उद्योगमा प्रवेश गरिरहेका जोकोहीको लागि एक आकर्षक र उत्साहपूर्ण अनुभव हुनेछ।

• Qualified Surveyors • Architects (1st - 2nd class) • Geological Surveyors • Civil Engineering Works Execution Managing Engineers (1st - 2nd class) • Real Estate Transaction Specialists • Interior Coordinators • Housing Environment Coordinators for Elderly and Disabled People

Mechanics (Automobile/Aircraft)

एरोस्पेस क्षेत्र सहित यातायात व्यवसायमा काम गरेर तपाईंले समाजको लागि मूल्यवान योगदान पुर्‍याउहुनेछ। इन्जिनियरहरूले अटोमोबाइल र इलेक्ट्रोनिक्स उत्पादकहरूको लागि काम गर्ने अवसर पाउनेछन्। विश्वकै केही अत्याधुनिक प्रविधिको साथमा काम गर्न पाउनु तपाईंको लागि एक बहुमूल्य र प्रेरक अनुभव हुनेछ।

• Class 2 Gasoline/Diesel Automobile Mechanic License • Class 2 Motorcycle Mechanic License • Class 1 Small Automobile Mechanic License • Automobile Body Mechanics • Class B Hazardous Materials Officer License • 2nd Class Aircraft Line Maintenance Technicians • Flight Radiotelephone Operators • Special Radio Operators • Forklift Operators

Culinary and Confectionery Arts

पारखी पकवान (गुर्मे क्विजीन) को लागि विश्वव्यापी रुचि झनभन्दा झन बढिरहेको छ र यस कारणले गर्दा नवीन ताजा विचारहरू भएका शेफ र प्याटिसियरहरू (पेस्ट्री र केक बनाउने) को माग बढ्दो छ। त्यस्तैगरि शारीरिक स्वास्थ्यको मामिलाहरू प्रति जनचेतना, र तन्दुरुस्त हुनमा रुचि बढेको हुनाले पोषण विज्ञानमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको लागि तीव्र रूपमा विस्तारित हुँदै गरेको बजार सिर्जना भएको छ।

• Certified Chefs • Confectionery Hygiene Masters • Expert Chefs • Certified Expert Chefs • Certified Patissiers • Certified Bakers • Food Analyst Test • Cafe Planners

Hairdressing/Beauty

यो उद्योगमा प्रवेश गर्ने युवाहरूले धेरै अवसर पाउनेछन्, जहाँ नवीनतम प्रवृत्तिहरूको बुझाइ र सराहना, र सटीक प्राविधिक खूबीहरू आवश्यक हुन्छ। यी क्षमताहरूको मेलले तपाईंलाई सौन्दर्य तथा मिडिया उद्योगको पहुँच प्रदान गर्न सक्छ।

• Barbers • Hairdressers • Fashion Coordination Color Performance Test • Certified Manicurists • Certified Aromatherapist • ICAM JAPAN License (Manicure, general beauty treatments, etc.) • Assistant Bridal Coordinator

Fashion

यो एक त्यस्तो उद्योग हो जहाँ शैली प्रति तपाईंको बुझाइ र अन्तरज्ञान तपाईंको सबैभन्दा महत्त्वपूर्ण गुण हो। ग्रेजुएटहरूको लागि जीवनशैली सुझावहरू प्रदान गर्ने देखि लिएर सिलाई लगायतका धेरै अवसरहरू छन्। यो उद्योग पनि युवा प्रतिभाको लागि खुला छ।

• Fashion Business Ability Test • Pattern Making Technique Test • Fashion Retail Consultant Test • Dressmaking Technique Test • Japanese Dressmaking Technique Test • Retail Consultant Test • Fashion Coordination Color Performance Test

Design/Media/Music

यी क्षेत्रहरूमा तपाईंले सिर्जनात्मक प्रक्रियाको माध्यमबाट आफ्नो विचार र परिकल्पना प्रकट गर्न आवश्यक हुन्छ। उचित समझ र मौलिकता आवश्यक गुणहरू हुन्। आफ्ना सिर्जनाहरू मार्फत धेरै मानिसहरूसँग सञ्चार गर्न सक्नु नै सम्भवत: यी व्यवसायहरूमा काम गर्नुको सबैभन्दा ठूलो पारितोषिक हो।

• Interior Coordinators • Interior Planners • Lettering Technique Test • CG Creator Test • DTP Test • Certified Sound Recording Technicians • Certified Stage Sound Technicians

Animal Care/Plant Care and Forestal Management

घरमा पालिने जनावरहरू परिवारको एक महत्त्वपूर्ण अंश हुन्। जीवजन्तुको स्याहारको क्षेत्रमा व्यवसायहरू र निपुण व्यावसायीहरूको माग अहिले एकदमै उच्च छ। हाम्रो समाज शहरीकरण तर्फ जाँदै गर्दा धेरै शहरवासीहरू थप हरियाली र फूलहरू चाहन्छन्, र यस कारण वनस्पति स्याहार तथा व्यवस्थापनमा विज्ञ सुझावहरू प्रदान गर्न सक्ने व्यक्तिहरूको माग उच्च छ।

•  Veterinary Technicians • Pet Breeding Managers • Pet Groomers • JKC Assistant Trainers • Flower Arrangement Experts • Flower Designing License Test • Forest Instructors

Job hunting information

रोजगार खोज्नमा सफल हुनुको मूल सुत्र छिटै सुरू गर्नु र आफूले पर्याप्त अनुसन्धान गरेको छ भनि निश्चित गर्नु हो। अन्तर्वार्ताहरू, जुन धेरैजसो रोजगारहरूको लागि आवश्यक हुन्छ, र साथमा लिखित परीक्षाहरूमा कसरी राम्रो गर्ने भनेर थाहा पाउनु पनि उपयोगी हुन्छ र यसको लागि तैयारी गर्नु उचित हुन्छ। आफ्नो पहिलो रोजाइको कम्पनीबाट (अनौपचारिक) रोजगार प्रस्ताव पाउनमा तपाईंलाई सफलता मिलोस् भनि म कामना गर्दछु र तपाईंको लागि उपलब्ध सबै सुविधाहरू, जस्तै तपाईंको विद्यालयमा रहेको करियर सेन्टरलाई सक्दो उपयोग गर्न सुझाव दिन चाहन्छु।

Written Exam Strategies

  • बुँदा. 1 अभ्यास पुस्तिका (वर्कबुक) लाई पहिलो पृष्ठबाट अन्तिमसम्म
        पूरा गर्नुहोस्।
  • बुँदा. 2 तपाईंको सञ्चारण खूबीहरूको अतिरिक्तमा तपाईंको पठन ग्रहणबोध
        खूबीहरू सुधार्नुहोस्।
  • बुँदा. 3 बारम्बार रूपमा प्रश्नहरूको जवाफ दिने अभ्यास गरेर राम्ररी जवाफ
        दिने बानी बसाल्नुहोस्।

Interview Strategies

  • बुँदा. 1 जापानमा काम गर्न चाहनुको कारणहरू स्पष्ट पार्नुहोस्।.
  • बुँदा. 2 स्पष्ट रूपमा, बिस्तारै र नम्र भएर बोल्नुहोस्।
  • बुँदा. 3 तपाईंको आचरण र तपाईंले प्रयोग गर्ने आदरसूचक प्रति सतर्क रहनुहोस्।